देश-प्रदेश खबर पोष्ट

प्रदेश सांसद ठाकुर प्रसाद ढकालद्वारा संघीय सांसद बिक्रम पाण्डेको ‘बोली चिप्लिएको’ भन्दै कटाक्ष

चितवन । बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले संघीय प्रतिनिधिसभा सदस्य बिक्रम पाण्डेको ‘बोली चिप्लिएको’ भन्दै कटाक्ष गर्नुभएको छ ।

माडीका पूर्व नगरप्रमुख समेत रहनुभएका प्रदेश सांसद ढकालले पूर्वमन्त्री समेत रहनुभएका संघीय सांसद पाण्डेलाई राप्ती नदीमा पुल र निकुञ्जभित्र कालोपत्रे सडक निर्माणका सन्दर्भमा सामाजिक सञ्जालमार्फत कटाक्ष गर्नुभएको हो ।

प्रदेश सांसद ढकालले ‘राप्तीको पुल निर्माणका लागि आ.ब.२०८०/०८१ को बजेट पुस्तीकामा कहिकतै पनि बजेट उल्लेख नरहेको’ र ‘सघन सहरीमा राप्तीको पुलको नक्सा कोरिंदै नरहेको’ उल्लेख गर्नुभएको छ ।

राप्तीको पुल हुलाकी सडक आयोजना अन्तरगत बन्न लागेको र राप्ती पुलसंगै नारायणी सिग्नेचर पुल, घोसरघाटको पुल पुलको नक्सा तयार गर्न सडक विभाग अन्तर्गत पुल महाशाखाको प्राविधिक टोली भदौ ७ गते (भोलि) आउन लागेको भन्दै ढकालले फुर्सदमा भए आउन पाण्डेलाई ‘निमन्त्रणा’ गर्नुभएको छ ।

यसैगरी सोही स्टाटसमा ढकालले ‘शहरी विकास मन्त्री हुँदा सो मन्त्रालय मातहतको सघन शहरी विकास मार्फत निकुञ्जभित्रको बाटो कालोपत्रेका लागि ५ लाख रुपैंया विनियोजन गराएको’ भन्दै पाण्डेप्रति व्यङ्ग्य समेत गर्नुभएको छ ।

— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार साँझ ०७:२३ मा अध्यावधिक

तपाईको प्रतिक्रिया