खेल र खेलाडी पोष्ट

माडी उपत्यकामा फुटबलका पर्याय बनेका खेलाडी र रेफ्री नवीन बस्याल (प्रोफाइल)

चितवनको माडी उपत्यकामा खेलकुद क्षेत्रका नेतृत्वकर्ता र अगुवाका रूपमा परिचित व्यक्ति हुन् नवीन बस्याल ।

विस २०४३ साल भदौ ७ गते बुबा स्व.शिवलाल बस्याल र आमा मीनादेवि बस्यालको कोखबाट उनको जन्म भएको हो ।

‘जीवनमा सबैभन्दा ठुलो कुरा आफ्नो लक्ष्यप्रतिको मेहनत र लगन हो र मेहनत गर्नको लागि कुनै उमेर तोकिएको हुँदैन’ बस्याल बताउँछन् । उनले १२ वर्षको उमेर देखि नै स्थानीय क्लबमा फुटबल खेल्न शुरु गरेका थिए ।

२०५८ सालमा स्थापना भएको स्पोर्ट्स क्लबमा आबद्ध भएर खेल क्षेत्रमा भबिष्य खोजेका उनले २०६५ सालमा साविकको क्षेत्र नं ५ काे क्षेत्रिय अध्यक्ष हुँदै सन २०१७ मा एफसी ( सी ) कोचिङ कोर्स र सन २०१८ मा एन्फा रेफ्री कोर्स समेत गरेका छन् ।

फुटबलको विकासमा तल्लीन र समर्पित रहेका बस्याल हाल चितवन जिल्ला फुटबल संघका सदस्य, बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष र माडी -११ नामको फुटबल क्लबमा आबद्ध रहेका छन् ।

उनको अगुवाइमा बसन्तपुरमा माडीकै सर्बाधिक धनराशीको माडी गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुनेगरेको छ । उनको पहलमा ग्रासरूट फुटबल, बालबालिकाहरूको फुटबल प्रशिक्षण, खेलकूद सामग्री वितरण र रक्तदान जस्ता सामाजिक कार्यहरू समेत सञ्चालन हुनेगरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार