

३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा माडी नगरपालिकाको बेरुजु २ करोड ३५ लाख ८८ हजार रुपैंया रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक बर्ष माडी नगरपालिकामा असुल गर्नुपर्ने ७२ लाख ८४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १३ लाख २८ हजार, नियमित गर्नुपर्ने १ करोड ४६ लाख ५६ हजार र पेश्की बाँकी ३ लाख २० हजार रुपैंया सहित २ करोड ३५ लाख ८८ हजार रूपैंया बेरुजु रहेको हो ।

माडी नगरमा अघिल्लो आ.व. २०७८/७९ सम्म बाँकी बेरुजु ४३ करोड ६४ लाख २७ हजार रहेकोमा गत आ.व.को समेत गरी ४६ करोड १५ हजार रुपैंया बेरुजु अद्यावधिक भएको प्रतिवेदनमा उल्लेख छ । लेखापरीक्षण गर्दा औँल्याइने कानुनबमोजिम रीत नपुगेका तथा बेमनासिव तरिकाले भएका आर्थिक कारोबारहरुलाई बेरुजुका रुपमा बुझ्ने गरिन्छ ।
