

चितवन । माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा परेको छ ।
बर्षायाम सुरु भएसंगै पटक पटक बाढी आएको दाउने खोलाको कटानबाट माथिल्लो चैनपुर क्षेत्रस्थित सो बस्तीमा जाने बाटो कटान भइसकेकाे र अब थप कटान भए घरहरु नै बग्ने अवस्थामा पुगेको स्थानीयबासी यमबहादुर अधिकारीले बताउनुभयो ।

बस्ती नजिकै रहेकाे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सुरु हुने सो खहरे खोला अघिपघि सानै रहने गरेपनि बाढी आउँदा भने डुबान र कटान गर्नेगरेको अधिकारीको भनाई छ ।

नदी कटान रोक्न तारजाली र ढुंगा फिलिंग सहितको खोला तटबन्धन आवश्यक रहेको र तत्कालको जोखिम न्यूनिकरणका लागि कटानको भागमा एक्स्काभेटर लगाएरै भएपनि पुरिदिन माडी नगरपालिका र वडा कार्यालय समक्ष स्थानीयको माग रहेको छ ।