खेल र खेलाडी पोष्ट

माडी-११ फुटबल टीम चितवन जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

१४ श्रावण, चितवन । माडी-११ फुटबल टीम भरतपुर महानगरपालिकाको सारदानगरमा सञ्चालित सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार समूह बी को उपविजेता बन्दै माडी-११ ले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमीफाइनल प्रवेशका लागि माडी-११ ले नारायणगढ एफ.सी.लाई ३-१ ले पराजित गरेको खेलमा माडीका रितेश क्षेत्रीले खेलको २३ औं र ६८ औं तथा सन्देश महतोले ३६ औं मिनेटमा गोल गर्नुभयो । नारायणगढका राजु सेन्चुरीले ५३ औं मिनेटमा एक मात्र गोल गर्नुभयो ।

आइतबार अन्तिम दुई खेल सम्पन्न भएसँगै माडीसंगै समूह विजेताका रुपमा हर्दीले सेमिफाइनलमा स्थान बनाएको छ । लिगको ५ खेलमा ४ जित र एक बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । माडी-११ भने समान खेलमा ३ जित, एक हार र एक बराबरीसहित १० अंकका साथ उपविजेता बनेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार