अपराध खबर पोष्ट

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ

१४ श्रावण, चितवन । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका वडा नम्बर ३ का ६६ बर्षिय राम महतोलाई साउन १३ गते पटिहानीबाट पक्राउ गरेको हो । मुद्धा फैसलापछि फरार रहेका उनलाई लुकिछिपि बसेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर २२, पटिहानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको छ ।

२०६६ साल असार १ गते जिल्ला अदालत चितवनले महतोलाई अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत चितवनमा उपस्थिति गराईएको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार