माडी (स्थानीय) खबर पोष्ट

कक्षा-१२ को परीक्षामा माडीका शैक्षिक संस्थाहरूबाट ४०.२९ प्रतिशत मात्रै उत्तीर्ण

चितवन । माडी नगरका उच्च माध्यमिक तह सञ्चालित शैक्षिक संस्थाहरुबाट कक्षा-१२ को परीक्षामा सहभागी परीक्षार्थीहरु मध्ये ४०.२९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । माडी नगरभरीबाट कूल ४१२ जना परीक्षामा सहभागी रहेकोमा १६६ जना पास भएका हुन् ।

नगरका शैक्षिक संस्थाहरु मध्ये दश जोड दुई तहमा बिज्ञान र प्राविधिक धारतर्फ पशु विज्ञान बिषय सञ्चालित माडी माध्यमिक विद्यालयले उत्साहजनक ९१.३० प्रतिशत नजिता ल्याएको छ । सो विद्यालयबाट कूल २३ जना परीक्षामा सहभागी रहेकामध्ये २१ जना उत्तीर्ण भएका हुन्

यसबाहेक अन्य विद्यालयहरुको नतिजा औसत मात्रै रहेको छ । जनकल्याण मा.वि.बाट परीक्षामा ४३ जना सहभागी रहेकोमा २१ जना (४८.८३ प्रतिशत), सोमेश्वर मा.वि.बाट ८५ जना सहभागी रहेकोमा ३७ जना (४३.५२ प्रतिशत) र जनजीवन मा.वि.बाट ६५ जना सहभागी रहेकोमा २५ जना (३८.४६ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।

माडीको एकमात्र क्याम्पस रहेको माडी क्याम्पसको नतीजा भने निराशाजनक देखिएको छ । सो क्याम्पसबाट दश जोड दुई परीक्षामा १९६ जना सहभागी रहेकोमा ६२ जना (३१.५३ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतीजा सार्वजनिक गरेको हो । परीक्षामा (नियमिततर्फ) देभैभरबाट ३ लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा २ लाख ३१ हजार २३५ जना (५२.९१ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार