

चितवन । माडीको मगोई खोला पुलमा टिप्पर पल्टिएको छ । मगोई पुलको दक्षिणी छेउ, सिधुवा गाउँतर्फ साइड फिलिङ अपुरो र कम चौडा रहेको स्थानमा साइड दिन ठाउँ नपुग्दा ना. १ क. ९२३२ नम्बरको टिप्पर पल्टिएको हो । घटनामा कुनै मानवीय क्षती भने भएको छैन ।

माडी-४, सितलपुमा कालोपत्रे कार्यको लागि बेस बोकेर आएको टिप्पर पल्टिएकोमा (यो समाचार तयार पार्दासम्म) निकाल्ने प्रयास भइरहेको छ । साइड फिलिङ राम्रो र पर्याप्त नहुँदा मगोई पुलको छेउमा पटक पटक ट्रयाक्टर र अन्य सवारी साधन पल्टिने घटना हुनेगरेको स्थानीयले बताएका छन् ।

