चितवन खबर पोष्ट

‘माओवादीहरू एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम’ : महासचिव विप्लव (भिडियो सहित)

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी शक्तिहरू एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम ल्याउन सक्ने जिकिर गर्नुभएको छ ।

चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने दाबी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहभागी रहनुभएको कार्यक्रममा विप्लवले क्रान्तिकारीहरुको एकता आवश्यक रहेको र अब माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममै बोल्दै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अब माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो । त्यस्तै, माओवादीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया