

माडी, चितवन । माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन हुनुभएको छ । बुधबार माडी-७ गोपालनगरमा सम्पन्न भेलाबाट काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा तारा गौतम, सचिवमा सीता दवाडी लामिछाने र कोषाध्यक्षमा जमुना खनाल चुनिनु भएको छ । त्यसैगरी सदस्यहरुमा रामकुमारी महतो, प्रिती ढकाल, अन्जु बस्याल, दीप्ति विश्वकर्मा, सुभद्रा शर्मा, माया क्षेत्री र मञ्जु अधिकारी रहनुभएको छ ।

जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदीको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष चन्द्र कुमारी बानियाँ, पतञ्जलि जिल्ला महिला समिति अध्यक्ष अस्मिता पाण्डे, वडा ५ का सदस्य फिरल महतो लगायतको उपस्थिति रहेको थियो ।
