शिक्षा खबर पोष्ट

सोमेश्वर मा.वि. पूर्व विद्यार्थी समाजको आयव्यय विवरण सार्वजनिक (पूर्ण विवरण सहित)

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले स्मार्ट स्टेज निर्माण लगायत अन्य कार्यसञ्चालनको पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको छ ।

समाजले शुक्रबार सार्वजनि गरेको पूर्ण आयव्यय विवरण अनुसार देशविदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट नगद कूल १० लाख २८ हजार २२ रुपैंया आयसंकलन भएको छ । त्यसैगरी स्मार्ट स्टेज निर्माण, साइकल र स्टेशनरी सामग्री वितरण, शिक्षक तालिम लगायतका कार्यमा कूल १० लाख ४५ हजार ५३९ रुपैंया खर्च भई १७ हजार ५१७ रुपैंया भुक्तान बाँकी रहेको छ ।

यसैगरी बोलकबोल गरेका दाताहरुहरुट ७५ हजार ५६५ रुपैंया उठ्न बाँकी रहेको तथा समाजको बैंक खातामा ३ हजार ७२४ रुपैंया मौज्दात रहेको पनि आयव्यय विवतरणमा जनाइएको छ । साथै समाजले मञ्च निर्माण लगायतका कार्यमा सहयोग गरेका सम्पूर्ण सहयोगदाता एवं पूर्व विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

आयव्ययको पूर्ण विवरण यहाँबाट हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार