धर्म-संस्कृति पोष्ट

तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजद्वारा ‘आशिमाला छ्याजलो’ व्यक्त

माडी, चितवन । तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजले माडी-६, रामराज्यपुरले सम्पूर्ण तमु (गुरुङ) समुदायका साथै नेपालीहरुमा आशिमाला छ्याजलो (शुभकामना) व्यक्त गरेको छ ।

हरेक बर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले नयाँ वर्षका रुपमा तमु ल्होसार पर्व मनाउने गर्दछन्, जसलाई तोला ल्होसार पनि भनिन्छ । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

तमु ल्होसारको अवसरमा विगतका बर्षमा झैं यसबर्ष पनि म्ल्हेक्यु क्वोइबो तमु समाज माडी–६ को आयोजनामा रामराज्यपुरस्थित क्वोइबो (गुम्बा) निर्माणस्थल नजिकै सामुहिक भोज तथा आशिमाला छ्याजलो (शुभकामना) आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहभागिताका लागि माडीका तमु समुदायका साथै अन्य सबैलाई निमन्त्रणा रहेको तमु समाज परिवारका अध्यक्ष गमबहादुर गुरुङ्गले बताउनुभयो । सोही अवसर पारी मोटरसाइकल दुर्घटनामा परी हाल उपचार गराइरहनुभएका जगन बहादुर गुरुङ र उहाँका श्रीमती सुकमाया गुरुङको उपचार सहयोगका निम्ति सामुहिक सहयोग संकलन समेत गरिने समाजका उपाध्यक्ष पेजबहादुर गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार