माडी (स्थानीय) खबर पोष्ट

खैरहनी मा.वि.को ५६औं वार्षिकोत्सवका अवसरमा शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापित

माडी, चितवन । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उत्कृष्ट शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापना भएका छन् । शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सवका अवसरमा कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउनुभएका सामाजिक शिक्षक सनत प्रसाद लामिछाने सम्मानित हुनुभयो ।

त्यसैगरी, आन्तरिक श्रोतमा लामो समय शिक्षक नारायण बहादुर क्षेत्री, बालकक्षा सहयोगी कार्यकर्ताहरु मिना दरै, शुसिला श्रेष्ठ, हसिना महतो र उमा रानाभाट साथै विद्यालयका बस चालक एवं दिवाखाजा व्यवस्थापक मोहनीलाल भुसाललाई समेत सम्मानित गरिएको थियो ।

बार्षिकोत्सवकै अवसर पारी दिवंगत नरबहादुर भुजेल र ढाकाराम भुजेलको स्मृतिमा १ लाख १५ हजार ५५५ रुपैंया धनराशी भएको अक्षयकोष र पूर्व विद्यार्थी लिलहरि सापकोटाबाट ५० हजार रुपैंया धनराशीको अक्षयकोष सहित थप २ वटा अक्षयकोषहरु स्थापना भएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास कुमार तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक कुलानन्द भुसालले प्रगति प्रतिवेदन र शिक्षक सनत लामिछानेले १ करोड २६ लाख रुपैंयाको आयव्यय प्रतिवेदन पेश गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

ताजा समाचार