

माडी, चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समितिले वडास्तरीयमा संयन्त्र विस्तार अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा वडास्तरीय कार्यसमिति गठन गरेको छ ।

वडा नं. ७ मा डिल्लीराम च्वाईंकाे संयोजकत्वमा ११ सदस्यीय वडा समिति गठन भएको छ । त्यस्तै, वडा ८ मा गणेश थापाको संयोजकत्वमा ९ सदस्यीय र वडा नं ९ मा गोकुल लम्सालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको माडी नगर समिति सदस्य रमाकान्त सापकोटाले जानकारी दिनुभयो ।


सो वडास्तरीय समिति गठन अन्तरगत भोलि पाैष १४ गते आईतबार वडा नं ६ मा भेलाको कार्यक्रम रहेको संस्थाका माडी नगर अध्यक्ष मथुरा बहादुर भण्डारीले बताउनुभयो । गत मंसिर २५ गते भण्डारीको अध्यक्षतमा नगरस्तरीय कार्यसमिति गठन भएसंगै सनातन साँस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विविन्न कार्यक्रम अगाडि बढेको छ । समितिकै अगुवाइमा माघे संक्रान्ति पर्व दिन रेवा त्रिवेणी धाममा भजन उत्सव एवं माघी स्नानको कार्यक्रम हुँदैछ ।
