

माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित माडीस्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टीमलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी भएको छ ।

पहिलो व्याटिङमा उत्रिएको बसन्तपुरले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १६५ रन जोडेको थियो । जवाफी व्याटिङको क्रममा कल्याणपुरले १९.३ ओभरमा ६ विकेटको क्षतमै लक्ष्य पुरा गरेको हो । फाइनल खेलको म्यान अफ द म्याच कल्याणपुरका कृष्णप्रसाद पण्डित चयन हुनुभयो ।

समग्र प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट पनि कल्याणपुरकै खेलाडी पण्डित घोषित हुनुभयो भने इमर्जिङ प्लेयर बसन्तपुरका सुदन लामिछाने घोषित हुनुभयो । आउँदो माघ २६ गतेबाट सञ्चालन हुनलागेका माडी क्रिकेट कप (राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता)का लागि माडी ११ टीममा खेल्ने स्थानीय खेलाडी छनौटका उद्देश्यले सो प्रतियोगिता सञ्चालन भएको थियो ।
