चितवन खबर पोष्ट

गैरसरकारी संस्था महासंघ चितवनकाे माडी नगर सञ्जालकाे अध्यक्षमा मोहन पोख्रेल चयन

चितवन । गैर-सरकारी संस्था महासंघ चितवनकाे माडी नगरस्तरीय समन्वय समिति (सञ्जाल)काे अध्यक्षमा मोहन प्रसाद पोख्रेल चयन हुनुभएको छ । शनिबार माडी नगरपालिका वडा नं ३ काे सभाहलमा सम्पन्न कार्यक्रममा उज्यालो जीवन नेपालका अध्यक्ष समेत रहनुभएका पोख्रेलकाे अध्यक्षमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानबाट तुल प्रसाद घर्ती, सचिवमा उज्यालो जीवन नेपालबाट तुलसा पोख्रेल, कोषाध्यक्षमा सञ्चार सञ्जाल माडीबाट दीप्ति विश्वकर्मा चुनिनु भएको छ। त्यसैगरी सदस्यहरुमा स्वदेश मिडिया क्लबबाट देव नारायण शाह, दिवाकर सञ्चार केन्द्रबाट ओम भण्डारी र ग्रिनपिस युथ क्लबबाट कमल पराजुली रहनुभएको छ ।

गैर सरकारी संस्था महासङ्घ चितवनका अध्यक्ष पार्वती घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष पुरन महतोको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाका सचिव रामचन्द्र आचार्य, सदस्य कमलराज खनाल, किशोर खनाल र संस्थाका श्रोत व्यक्ति दिपक रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया