कला-साहित्य पोष्ट

सरिता इभेन्ट्सको विशिष्ट व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रम असोज १० गते

चितवन, २८ श्रावण २०८३ — ‘शिक्षा, सीप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नाराका साथ सरिता इभेन्ट्सले विशिष्ट व्यक्तित्व सम्मान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रम २०८३ असोज १० गते शनिबार भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा मध्यान्ह १२ बजे आयोजना हुनेछ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा चर्चित लोकगायक बद्री पंगेनी, मोडल नारायणी खत्री र दिनेश कँडेलको विशेष प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, आत्मीय भेटघाट तथा शुभकामना आदानप्रदानलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ।

माडीबासी समेत रहनुभएकी सरिता इभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले अघिल्ला वर्षहरूझैँ यस वर्षको कार्यक्रमलाई पनि सबैको साथ, सहयोग र उपस्थितिले थप भव्य, सभ्य तथा ऐतिहासिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया