चितवन, २८ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडीको बनकट्टादेखि कसरासम्म सडकको दुवैतर्फ झाडी फाँड्ने काममा खटिएका मजदुरलाई टेकमाइण्डस नेटवर्क माडी शाखाले खाजा र पानी वितरण गरेको छ।
गर्मीको समयमा जंगलभित्रै पुगेर काम गरिरहेका मजदुरलाई टेकमाइण्डस नेटवर्क माडी शाखाले खाजा तथा पिउने पानी उपलब्ध गराएको हो। मजदुरलाई काम गरिरहेको स्थानमै पुगेर खाजा र पानी वितरण गरिएको शाखा प्रमुख सुदर्शन चापागाईंले जानकारी दिनुभयो।
सामाजिक उत्तरदायित्वअन्तर्गत मजदुरको श्रमलाई सम्मान गर्दै गर्मीमा काम गरिरहेका उनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाजा र पानीको व्यवस्था गरिएको शाखाले जनाएको छ।

सडक डिभिजन कार्यालयको आर्थिक सहयोग तथा माडी नगरपालिकाको समन्वयमा बनकट्टादेखि कसरासम्म सडक किनारका झाडी फाँड्ने काम भइरहेको छ। झाडीका कारण वन्यजन्तुको आवतजावत तथा सर्वसाधारणको आवागमनमा समस्या हुने भएकाले मानव र वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको हो।



