चितवन खबर पोष्ट

बोटेगाउँमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले लिए सेवा

चितवन, २७ श्रावण २०८३ — माडी नगरपालिका-१, बनकट्टास्थित बोटेगाउँमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ३१० जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।

बोटे समाजको सहकार्यमा बोटे सामुदायिक होमस्टे र जनजागरण टोल विकास संस्था, बनकट्टाको आयोजनामा साउन २६ र २७ गते बोटे समाजको भवनमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा बोटेगाउँ तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट स्थानीयलाई आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा लिन सहज भएको थियो।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा ३१० जनाले सेवा लिएपछि स्थानीयवासीले स्वास्थ्य शिविर प्रभावकारी र उपयोगी भएको बताएका छन्।

तपाईको प्रतिक्रिया