माडी (स्थानीय) खबर पोष्ट

वडाध्यक्ष चापागाईंको दिवंगत आमा इमकलाको १३औं दिनको पुण्य तिथिमा ५१ जनाद्वारा रक्तदान

माडी, चितवन । माडी-४ का वडाध्यक्ष माधव चापागाईंका दिवंगत आमा इमकला चापागाईंको १३औं दिनको पुण्य तिथिमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । उनीहरुमध्ये १२ जनाले पहिलोपटक रक्तदान गरेका हुन् ।

नवगठित लायन्स क्लब अफ माडी इको, ब्लड डोनर्स सोसाइटी नेपाल भरतपुर महानगर कमिटी र चापागाईं परिवारको संयुक्त आयोजनामा भरतपुरको कटहर चोकमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका पूर्व प्रमुख एवं पूर्वउपप्रधानमन्त्री अमिक शेरचन प्रमुख अतिथि रहनुभएको कार्यक्रम संयोजक एवम् लायन्स क्लब अफ माडी इकोका कोषाध्यक्ष प्रविन देवकोटाले जानकारी दिनुभयो ।

वडाध्यक्ष चापागाईं सहित रुक्मागत चापागाईं र शोभाखर चापागाईंका आमा रहनुभएका ईमकला चापागाईंको गत पौष ९ गते निधन भएको थियो । माडीसंगै चितवनमा पछिल्लो समय परिवार सदस्यको निधनको शोकमा रहेको परिवारले दिवंगत परिवार सदस्यको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक योगदान गर्ने कार्य बढ्दै गएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया