चितवन खबर पोष्ट

रसुवा बाढीपीडितका लागि फुलबारी आमा समूह माडीको २१ हजार २१ रुपैयाँ सहयोग

चितवन, १९ भाद्र २०८३ — हिमालयन सुनामीरूपि रसुवा बाढीको विपदमा परेका नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले फुलबारी आमा समूह, माडी–७ देवेन्द्रपुरले रु. २१ हजार २१ आर्थिक सहयोग गरेको छ।

रसुवा बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन समूहले सामुहिक सहयोग संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।

विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ। आमा समूहको यस सहयोगले सामाजिक उत्तरदायित्व, मानवीय भावना र सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया