चितवन, १९ भाद्र २०८३ — रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आरती आमा समूह, माडी नगरपालिका–६, लक्ष्मीनिवास (मातातीर्थ धाम)ले रु. १७ हजार ५ सय आर्थिक सहयोग प्रदान गरेको छ।
समूहले उक्त रकम रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक ट्रान्सफर विधिबाट रकम प्रदान गरेको हो।
विपद्को कठिन समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ। शुक्रबार साँझसम्म सो कोषमा बचत रकम चार अर्व नौ करोड ११ लाख ६० हजार पुगेको छ ।




