चितवन खबर पोष्ट

रसुवाको बाढीपीडितका लागि NCDA माडी इकाईद्वारा १० हजार रुपैयाँ सहयोग

चितवन, १९ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल औषधि व्यवसायी संघ (Nepal Chemists & Druggists Association–NCDA), चितवन जिल्ला माडी इकाई समितिले १० हजार रुपैयाँ सहयोग गरेको छ।

माडी इकाई समितिले संकलन गरेको नगद १० हजार रुपैयाँ NCDA चितवन जिल्ला अध्यक्ष इन्द्रराज गैरेलाई हस्तान्तरण गरिएको हो। विपदमा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जिल्ला समितिमार्फत सहयोग गरिएको जनाइएको छ।

रकम हस्तान्तरण कार्यक्रममा NCDA माडी इकाईका अध्यक्ष शम्भु तिवारी, कोषाध्यक्ष रेखीराम थापा, सचिव लोकबहादुर क्षेत्री लगायत समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै माडी इकाईले आफ्नो तर्फबाट सहयोग गरेको हो।

तपाईको प्रतिक्रिया