चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका-७, कीर्तनपुरस्थित बाल विकास इङ्लिस स्कुलले ४६ हजार ५९८ रुपैयाँ सहयोग गरेको छ ।
प्याब्सन केन्द्रीय समितिको निर्देशन तथा प्याब्सन चितवनको समन्वयमा विद्यालयले राहत रकम संकलन गरी सहयोग गरेको हो । विद्यालयले आफ्नै तर्फबाट, शिक्षक-कर्मचारी तथा अभिभावक/विद्यार्थीबाट रकम संकलन गरेको जनाएको छ ।
विद्यालयका अनुसार विद्यालयको तर्फबाट १० हजार रुपैयाँ, शिक्षक/कर्मचारीबाट १४ हजार ६३३ रुपैयाँ र अभिभावक/विद्यार्थीको तर्फबाट २१ हजार ९६५ रुपैयाँ गरी कुल ४६ हजार ५९८ रुपैयाँ संकलन भएको विद्यालयका प्रिन्सिपल हर्कबहादुर चापागाईं जनाउनुभयो ।

बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको उहाँले बताउनुभयो । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।



