चितवन, १८ भाद्र २०८३ — रसुवामा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले मल्लाजी आमा समूह, माडी-६ कल्याणपुरले रु. १५ हजार आर्थिक सहयोग गरेको छ।
समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी रसुवा बाढीपीडितको राहतमा सहयोग पुर्याएको हो। विपद्को समयमा पीडितहरूको दुःखमा साथ दिँदै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७ अर्ब ८८ करोड बढी रकम जम्मा भएको बताएका छन् । संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कोषमा ७ अर्ब ८८ करोड ५७ लाख २ सय १७ रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् ।

— — —



