चितवन खबर पोष्ट

रसुवा बाढीपीडितका लागि जागृति महिला समूहको २९ हजार ६७० रुपैयाँ सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि माडी नगरपालिका–५, नयाँ पिपरिया, चितवनस्थित जागृति महिला समूहले २९ हजार ६ सय ७० रुपैयाँ सहयोग गरेको छ।

समूहले विपद्का कारण प्रभावित तथा पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामुहिक सहयोग संकलन गरी उक्त रकम सहयोग गरेको हो। संकलित रकम प्रधानमन्त्री बिषद् राहत कोषको खातामा बैंक दाखिला गरिएको समूहका अध्यक्ष तुलसा पोख्रेलले जनाउनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको पीडामा साथ दिन सहयोग गरिएको समूहले जनाएको छ। समूहको यो सहयोगले विपद्को कठिन अवस्थामा पीडित परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया