चितवन खबर पोष्ट

माडीमा यस वर्ष तीजका उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न नगरपालिकाको आग्रह

चितवन, १८ भाद्र २०८३ — माडी नगरपालिकाले यस वर्ष तीज विशेष कार्यक्रम, उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न नगरवासीलाई आग्रह गरेको छ।

नगरपालिकाले बिहीबार जारी गरेको सूचनामार्फत हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद बाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउन यस्तो निर्णय गरिएको जनाएको हो।

नगरपालिकाको ८४औँ नगर कार्यपालिका बैठकबाट यस वर्ष माडी नगरपालिका क्षेत्रभित्र आयोजना गरिने तीज विशेष कार्यक्रम, उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न तथा नगराउन सबै नगरवासीलाई अनुरोध गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

नगरपालिकाले विपद्को यस कठिन घडीमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय सहयोग, राहत र सहकार्यलाई प्राथमिकता दिन नगरवासी, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, संघ–संस्था, सामाजिक तथा सामुदायिक संस्था, सञ्चारमाध्यमलगायत सबै सरोकारवालालाई आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया