

माडी, चितवन । नेकपा (एमाले) माडी नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले आफू नेतृत्वको नगर समितिले सापेक्षित सफल कार्यकाल बिताएको स्वमुल्यांकन गर्नुभएको छ ।

एमाले माडी नगरले नगर अधिवेशनबारे जानकारी दिन बिहीबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा उत्तरित हुँदै अध्यक्ष अधिकारीले आफू नेतृत्वको कार्यकालमा सदस्य संख्या बढेको, जनवर्गिय संगठनहरु चलायमान भएको र टोलस्तरसम्मै पार्टी संगठन सुदृढ भएको टिप्पणी गर्नुभयो ।

पुनः नगर अध्यक्ष बन्ने चाहना सम्बन्धमा गरिएको प्रश्नमा अधिवेशनका प्रतिनिधिले चाहे आफू पुनः नगर अध्यक्ष दोहोरिन तयार रहेको उहाँको भनाई थियो । नयाँ कार्यसमितिको चयन सहमतीय विधिबाटै हुने र आवश्यक परे मतदान प्रक्रियामा पनि जान सकिने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो माघ २६ र २७ गते बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सञ्चालन हुने जानकारी गराइएको थियो । सो दिन बसन्तपुर बजारबाट र्याली प्रदर्शन गर्दै खुला समुद्घाटन हुने भन्दै अध्यक्ष अधिकारीले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण पार्टी पंक्ति र माडीबासीहरुलाई अनुरोध समेत गर्नुभयो ।