बिपद-जोखिम पोष्ट

माडी–७ मा आगलागी हुँदा परालको टौवा जलेर नष्ट, आगालागीबाट बँच्न सतर्कता अपनाउनु जरूरी

माडी, चितवन । माडी–७, बाउण्डरी टोलमा आगलागी हुँदा परालको टौवा जलेर नष्ट भएको छ । जगन्नाथपुरी र दिवानगरको बिचमा पर्ने बाउण्डरी टोल निवासी किरण बि.क.को घरमा अधिया कमाउन बसेका सागर महतोको परालको टौवामा आगलागी भएको हो ।

महतोका ७ बर्षका छोरा सुसन महतोले लाइटर लिई खेल्ने क्रममा टौवामा आगो सल्केको थियो । टौवामा आगलागी हुँदैगर्दा माडी नगरपालिकाको दमकल र स्थनीयबासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आई थप क्षती हुनबाट बचेको हो ।

सुक्खा तथा हुरीबतासको समय, खास गरी फागुनदेखि वैशाखसम्मको समय आगलागी हुने मुख्य समय हो । आगालागीबाट बँच्न सतर्कताका साथ आगोको प्रयोग गर्ने र काम सकिएपछि निभाउने, हुरी बतास चलेको बेला आगो नबाल्ने, चुरोट बिँडीका ठुटा जथाभावी नफाल्ने र निभाएर मात्रै फ्याँक्ने, सलाई, लाइटर, मटितेल, पेट्रोल, ग्यास जस्ता आगो लगाउने वा प्रज्वलनशील पदार्थलाई केटाकेटीले नभेट्ने गरी सुरक्षित ठाउँमा राख्ने, आगो वा टुकी बाल्दा घरको छानो वा प्रज्वलनशील पदार्थको नजिक नबाल्ने, घरको विद्युत् वायरिङ ठिक छ/छैन प्राविधिकलाई जचाइरहने, घर वरपरको घुर्‍यान सफा गर्ने लगायतका पूर्वतयारी गर्नु आवश्यक मानिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार