देश-प्रदेश खबर पोष्ट

माडीको सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट

माडी, चितवन । माडी-२, सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट भएको छ । माडी-२, सितलपुर गाउँ निवासी युवराज परियार (मिलन)को परालको टौवामा आगलागी हुँदा सो क्षती भएको हो ।

परिवारका सबैजना तोरी उखेल्न खेतमा गएको समयमा अढाई बर्षका एक बच्चाले लाइटर खेलाउँदा सो आगलागी हुनपुगेको स्थानीय युवा अगुवा मिलन पौडेलले जनाउनुभयो ।

आगलागी भएलगत्तै स्थानीयबासी करीब ५० जना र सशस्त्र प्रहरी बल चैनपुर आउट पोष्टका प्रहरी निरिक्षक दीपचन्द्र भट्टको कमाण्डमा १० जना सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए । लगत्तै माडी नगरपालिकाको दमकल समेत आइपुगेर आगो निभाउने प्रयास थालेको थियो । तर एक दमकल पानी फ्याँकेर सकेको दमकलले दोश्रो पटक लोड गरी पानी फाल्ने क्रममा बिग्रन पुगेको थियो ।

करीब २ घण्टा ५० मिनेटको मिहिनेतपछि आगो नियन्त्रणमा आएको हो । आगलागीका क्रममा दमकलले अपेक्षित काम नगरेसंगै त्यसलाई राम्ररी सर्भिसिङ गर्नुपर्ने र थप एकवटा दकमल व्यवस्था गरी जनशक्ति थप गर्नुपर्ने स्थानीयले माग गरेका छन् । आगलागीको मौसम आइसकेको अवस्थामा माडी नगरपालिकाद्वारा सञ्चालित दमकल सेवाको स्तरोन्नति हुनु अति जरुरी रहेको उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार