स्वदेशपोष्ट विशेष

घरछेउको खाडलमा जमेको पानीमा डुबेर माडी-४, खैरहनीमा ३ बर्षीया एक बालिकाको मृत्यु

माडी, चितवन । घरछेउको खाडलमा जमेको पानीमा डुबेर माडी-४, खैरहनी निवासी ३ बर्षका एक बालिकाको मृत्यु भएको छ । चैते धानको बिऊ भिजाउन तयार गरेको पानीको खाल्डोमा खेल्ने क्रममा मंगलबार बिहान करीब १०:३० बजे माडी–४, खैरहनी गाउँ निवासी सलिना न्यौपानेका ३ बर्षका छोरी मनिषा न्यौपानेको ज्यान गएको हो ।

पानीमा डुबिरहेको अवस्थामा निजको आमाले देखेर उपचारका लागि बसन्तपुर बजारस्थित बघौंडा अस्पतालमा ल्याएकोमा बिहान १०ः५० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार