

फागुन ७, चितवन । पूर्व प्रहरी एवं भूतपूर्व सैनिक संगठनको आयोजनामा माडीमा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको छ ।

माडी-३ वडा कार्यालयको सहयोगमा सो वडा कार्यालयकै सभाहलमा सञ्चालित सचेतना कार्यक्रममा वडा नं. ३ का टोल विकास संस्था एवं पूर्व प्रहरीहरु सहभागी रहेका थिए । सहभागीहरुलाई स्वदेश एफ.एम.का अध्यक्ष देवनारायण शाहले लागुपदार्थको प्रकार, प्रभाव, बच्ने र बचाउने उपाय, कानुनी सजायको अवस्था लगायतका बिषयमा प्रशिक्षण गराउनुभएको थियो ।

पूर्व प्रहरी संगठन माडी ईकाई अध्यक्ष हेमलाल ढकालको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगरप्रमुख ताराकाजी महतोको प्रमुख र वडाध्यक्ष पुरन महतोको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रमकै अवसरमा निवृत्त प्रहरी नायव निरिक्षक जंगबहादुर देवकोटा र निवृत्त प्रहरी हवल्दार मोहन रानामगरलाई सम्मान समेत गरिएको माडी-३ का वडा सदस्य समेत रहनुभएका पूर्व प्रहरी सुकदेव लामिछानेले जनाउनुभयो ।
