

माडी चितवन – दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समापन भएको छ । गत फागुन २२ गते औपचारिक समुद्घाटन भएको सो मेला एक दिन थप भई चैत ३ गते आइतबार (गए)राती एक औपचारिक कार्यक्रमबिच भव्य रूपमा समापन भएको हो ।

मेलाको अन्तिम दिन आइतबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरीको विशेष प्रस्तुति रहेको थियो । माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य र माडी नगरप्रमुख ताराकुमारी काजी महतोको विशिष्ट आतिथ्य रहेको थियो ।

मेला कार्यक्रममा हजारौं दर्शकहरुले राती करीब ११ बजेसम्मै उत्साहजनक सहभागिता जनाएका थिए । मेला अवलोकनका लागि माडीका बगहीं र बनकट्टाबाट साँझको समयमा बसको व्यवस्था समेत गरिएको थियो । मेला आयोजक पक्षले मेलाको व्यवस्थापक, प्रवर्द्धक, सुरक्षाकर्मी, प्रायोजक, कलाकार, पत्रकार, स्टल राखेका व्यवसायी, वाल उद्यानकर्मी, सहयोगी र सम्पूर्ण दर्शकहरुलाई मेला भव्यतापूर्वक सम्पन्न गर्न भूमिका निभाएकोमा धन्यवाद व्यक्त गरेको छ ।
