पर्यटन खबर पोष्ट

माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता चापागाईंलाई ‘माडी पर्यटन सम्मान’ प्रदान

माडी चितवन – माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता जीतबहादुर चापागाईं सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन मेला २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी-६, लक्ष्मीनिवास निवासी चापागाईंलाई ‘माडी पर्यटन सम्मान’ प्रदान गरिएको हो ।

सामुदायिक वन एवं होमस्टे अभियन्ताका रुपमा अनवरत दुई दशकदेखि माडीको पर्यटन क्षेत्रमा योगदान दिनुभएका कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका तीन कार्यकाल अध्यक्ष एवं होमस्टे महासंघ नेपाल, बागमती प्रदेश उपाध्यक्ष चापागाईंलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

सम्मानित भएसंगै होमस्टेकर्मी चापागाईंले माडीको पर्यटन विकासमा अझै लाग्न प्रेरणा मिलेको भन्दै सबैमा धन्यवाद व्यक्त गर्नुभयो । माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य र माडी नगरप्रमुख ताराकुमारी काजी महतोको विशिष्ट आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार