

माडी चितवन – माडीका गीतकार, लेखक एवं मिडियाकर्मी प्रवीण भण्डारी ‘सन्नाटा’ सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी–७, कीर्तनपुर देवीकोट निवासी भण्डारीलाई ‘माडी कला सम्मान’ प्रदान गरिएको हो ।

गीतसंगीत, साहित्य सिर्जना र भिडियो वृत्तचित्र एवं आमसञ्चार माध्यमहरुमार्फत माडीको पर्यटन विकास एवं साँस्कृतिक उत्थानमा महत्वपूर्ण योगदान गर्नुभएका माडी–७, कीर्तनपुर देवीकोट निवासी भण्डारीलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको हो । भण्डारीले माडीको परिचायक गीत लेखन र भिडियो वृत्तचित्र निर्माणका साथै यहाँको परिवेश समेटी उपन्यासलेखन सम्म गर्नुभएको छ ।

ईञ्जिनियर समेत रहनुभएका भण्डारीले सम्मानित भएसंगै आफ्नो रुचिको क्षेत्र कला, साहित्य र संगित भएकाले सो क्षेत्रबाट माडीलाई चिनाउन अझै धेरै काम गर्ने उत्साह प्राप्त भएको बताउनुभयो । माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य र माडी नगरप्रमुख ताराकुमारी काजी महतोको विशिष्ट आतिथ्य रहेको थियो ।
