

माडी चितवन – काठमाडौंस्थित जनप्रशासन क्याम्पसको स्ववियु निर्वाचनमा माडीका युवा विद्यार्थी शंकर दुबे सचिव पदमा निर्वाचित हुनुभएको छ ।

माडी-५, नयाँपिपरिया निवासी दुबेले सर्वाधिक १०८७ मत ल्याई स्ववियु सचिव निर्वाचित हुनुभएको हो । सो क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल (क्रान्तिकारी)का उम्मेदवार अनिकेत तिवारी निर्वाचित हुनुभयो ।

जनप्रशासन क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल (क्रान्तिकारी) बीच गठबन्धन भएको थियो । अखिल (क्रान्तिकारी)का तिवारी सभापतिमा र अन्य सदस्यहरु निर्वाचित हुँदैगर्दा नेविसंघका भने कुनै पनि उम्मेवार निर्वाचित हुन सकेनन् ।
