

१० चैत्र, चितवन । माडी-१ भंगता निवासी भूमिलाल ढकाल र लक्ष्मी ढकालले चौरासी पूजाको अवसर पारी माडी-६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामलाई आर्थिक सहयोग गर्नुभएको छ ।

ढकाल दम्पत्तीको चौरासी पर्वको अवसर पारी बालग्रामलाई २७ हजार ५२० रुपैंया सहयोग गर्नुभएको हो । सहयोग प्रदत्त रकमबाट बालग्राममा संरक्षित चेपाङ बालबालिकाहरूको शिक्षा, स्वास्थ्य तथा आवास सुधारमा सहयोग पुग्नेछ ।

पछिल्लो समय बालग्रामलाई जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत र संस्थागत सहयोग गर्ने क्रम बढेको छ । सहयोग उपलब्ध गराउने भूमिलाल ढकाल र लक्ष्मी ढकालप्रति बालग्राम व्यवस्थापनले आभार व्यक्त गरेको बालग्रामका व्यवस्थापक टिकाराम आचार्यले जनाउनुभयो ।
