चितवन खबर पोष्ट

आवारी नामको संस्थाले माडी गौरिनगरमा ‘ब्यम्बो हाउस’ मोडेलको होमस्टे सञ्चालन गर्दै

१० चैत्र, चितवन । माडी नगरपालिका-७, गौरिनगरमा बाँसबाट निर्माण भएका आकर्षक घरहरुमा ‘ब्यम्बो हाउस’ मोडेलको घरवास (होमस्टे) सञ्चालनको तयारी भइरहेको छ ।

माडीको पर्यटन प्रवर्द्धनका साथै बाँसलाई बैंकल्पिक र भरपर्दो निर्माण साधनका रुपमा चिनाउन, बाँसबाट निर्माण हुने फर्निचर तथा अन्य विभिन्न सामानहरुको प्रदर्शनी एवं विक्रीवितरणका साथै बाँससम्बन्धी अध्ययन अनुसन्धानका उद्देश्यले आवारी नामको संस्थाले आधुनिक सुबिधा र परम्परागत शैलीलाई समेटेर होमस्टे निर्माण अगाडि बढाएको हो ।

आउँदो बैशाख १ गतेबाट होमस्टेको सेवा सुरुवात गर्ने तयारी रहेको होमस्टेको व्यवस्थापनमा खटिनुभएका बाँस सम्बन्धी निर्माण विज्ञ राम चौधरीले बताउनुभयो । कैलालीबाट माडी आउनुभएका चौधरीको अगुवाई र आवारी नेपालसम्बद्ध बाँस विज्ञ ई. नृपाल अधिकारीको लगानीमा ब्याम्बो होमस्टे निर्माण (हाल) अन्तिम चरणमा पुगेको छ ।

‘ब्यम्बो हाउस होमस्टे’मा आगन्तुकहरूका लागि सुविधा सम्पन्न तीन तलाको परिवार नै बस्न मिल्ने बाँस निर्मित घर र स्थानीय परिकारका साथै हेलिकप्टर टेकअफ र ल्याण्डिङका लागि हेलीप्याडको समेत सुबिधा रहनेछ । फरक प्रकृतिको होमस्टेको सञ्चालनबाट माडीको पर्यटन विकासले महत्वपूर्ण छलाङ मार्ने विश्वास गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार