चितवन खबर पोष्ट

माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड कालोपत्रेमा ढिलासुस्ती, धुलो र असहज डाइभर्सनको समस्या

माडी, चितवन । माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर समृद्धिका लागि युवा अभियानले ठेकेदार कम्पनीलाई गम्भीर दबाब दिएपछि एक हप्ताभित्र पिच कार्य सुरु भइसक्ने नयाँ प्रतिबद्धता प्राप्त भएको छ ।

अभियानका सदस्य विपिन पाठकको अध्यक्षतामा बसेको बैठकले निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति कडा रोष प्रकट गर्दै प्रतिवद्धता अनुसार एक साताभित्रै कालोपत्र सुरु गर्न निर्माण पक्षलाई दवाव दिइरहने निर्णय गरेको हो ।

यसअघि, पटकपटक दबाब सिर्जना गर्दा पनि अपेक्षित गति नआएपछि अभियानले सडक खण्डको अवलोकन गरी ठेकेदार पक्षसँग भेटघाट गरेको थियो । सोही छलफलपछि निर्माण कम्पनीले एक हप्ताभित्र पिच कार्य सुरु गर्ने प्रतिवद्धता जनाएको हो ।

निर्माण कम्पती बज्रगुरु कन्स्ट्रक्सनले हालसम्म २.५ किलोमिटर सडक खण्डमा पिच गर्न आवश्यक बेस तयार गर्नुका साथै सडक छेउमा निर्माण गरिनुपर्ने वाल लगायतका संरचनाहरूको काम अघि बढाएको छ । तर कालोपत्रे कार्य सुरु नहुँदा अत्यधिक धुलो र असहज घुमाउरो डाइभर्सनको समेत समस्या बल्झेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार