चितवन खबर पोष्ट

माडी क्याम्पसलाई बागमती विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता

माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता भएको छ । प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन आवेदन गर्नेको सुचिमा पहिलो हुँदै माडी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण गुरौ र क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीसहित क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले हेटौंडा पुगी सो पत्र दर्ता गर्नुभएको हो ।

आंगिक क्याम्पसका रुपमा माडी क्याम्पसले भौतिक निर्माण, अध्यापक र अन्य आर्थिक तथा भौतिक सहयोग पाउने क्याम्पस सञ्चालक समिति सम्वद्ध श्रीप्रसाद दवाडीले जनाउनुभयो । बागमती विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्वीकृति पाएमा आउँदो बर्ष भदौ महिनाबाट आंगिक क्याम्पसका रुपमा स्नातक तह सञ्चालन हुनसक्ने क्याम्पसले जनाएको छ ।

बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरिसकेको छ । त्यस्तै, विश्वविद्यालयले अध्ययन अध्यापनका लागि आङ्गिक कलेजहरू छनोट गर्नेगरी प्रक्रिया अघि बढाएको उपाध्यक्ष कुशुमराज सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार