धर्म-संस्कृति पोष्ट

विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने

माडी, चितवन । थारु समुदायको आस्थाको केन्द्र रहिआएको विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने भएको छ ।

विगतमा लामो समयखण्ड विक्रमबाबाको भव्य पूजा हुनेगरेको माडी धोबाहास्थित सो थान पछिल्लो समय ओझेल परेकोमा गतबर्षदेखि विक्रमबाबाको पूजा पुनः सञ्चालन भएको हो । पूजा सञ्चालनका लागि स्थानीय धार्मिक अगुवाहरुले विक्रमबाबा पूजा व्यवस्थापन समिति गठन गरी पशुबली एवं अन्य आवश्यक तयारी सुरु गरेका छन् ।

हाल माडी-३ वडा कार्यालयले विक्रमबाबा थानमा एक टहरो निर्माण गरेको छ भने स्थानीय सिर्जनशील महिला समूहले पूजा व्यवस्थापनको तयारी गरेको छ । सो थानमा आउँदो चैत १६ देखि पूर्णिमासम्मै पूजा हुनलागेको वडाध्यक्ष पुरन महतोले जनाउनुभयो ।

विक्रमबाबामा पूजा गरिने गुरौ माडी क्षेत्रकै अग्रज थारु गुरौ रहेको विश्वास गरिन्छ । विशेषगरी, थारू समुदायले मनाउँदै आएको यो मेलामा पछिल्ला वर्षहरुमा अन्य समुदायले पनि उत्तिकै आस्थाका साथ सहभागिता जनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार