चितवन खबर पोष्ट

माडीकोे बनकट्टामा बस अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार १२ जना घाइते

माडी चितवन – माडीकोे बनकट्टामा बस दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो २ बजेको समयमा भरतपुरबाट माडी आउँदै गरेको ना ६ ख ९३६६ नम्बरको बस बनकट्टा क्षेत्रमा अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

बसमा २५ जना यात्रु सवार मध्ये १२ जना घाइते भएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । यो समाचार तयार पार्दासम्म घाइतेहरूको माडीको बघौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहि डिस्चार्ज भएका छन् ।

घाइते हुनेहरूमा माडी नगरपालिका–१ की ३५ वर्षीया सानिता महत्तो र उनकी १० वर्षीया छोरी एलिसा महत्तो, माडी–६ का ६० वर्षीया सुकमाया सुनार र उनका ७५ वर्षीय श्रीमान तुल बहादुर सुनार, माडी–५ की ४० वर्षीया पार्वती अधिकारी, ६८ वर्षीया सरस्वती श्रेष्ठ, माडी–६ की २८ वर्षीया नम्रता महत्तो, संगिता सुनार, तथा खैरहनी नगरपालिका–४ का ६७ वर्षीय बिसुल महत्तो रहेका छन् ।

घाइतेमध्ये माडी–६ की २८ वर्षीया अमृता महत्तो र पर्साकी २५ वर्षीया बिनिता चौधरी उपचारपछि डिस्चार्ज भएका छन् । घटनापछि बस चालक फरार रहेको र उनको खोजी जारी रहेको माडी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार