धर्म-संस्कृति पोष्ट

वैदिक सनातन सम्पदा संरक्षण संघ माडीले प्रकाशन गरेको बर्ष २०८२को भित्तेपात्रो विमोचित

माडी चितवन – वैदिक सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडीले प्रकाशन गरेको नयाँ बर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) विमोचन भएको छ ।

संघले माडीका वैदिक सनातनी धार्मिकस्थलहरुको तस्वीर र यहाँका पर्व, मेला एवं अन्य धार्मिक उत्सवहरुको तिथिमिति समेटी भित्रेपात्रो प्रकाशन गरेको हो । भित्तेपात्रोमा चक्रशीला, बाल्मीकि आश्रम, गोद्धक, सोमेश्वर गढी, अयोध्याधाम, शनि मन्दिर, रेवा त्रिवेणी धाम लगायतका तस्वीर प्रकाशित छन् ।

भित्तेपात्रोको एक कार्यक्रमका बीच माडी नगरप्रमुख ताराकुमारी काजी महतो, उपमेयर खेम महतो, माडी ९का वडाध्यक्ष घनश्याम दवाडी, ८ का वडाध्यक्ष वीरेन्द्र भण्डारी एवं माडी ६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेलले सामुहिक रुपमा सो भित्तेपात्रो विमोचन (सार्वजनिक) गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार