

चितवन, माडी – माडी कला केन्द्रको आयोजनामा सञ्चालित दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को आम्दानी रकमबाट बसन्तपुर चौरको स्तरोन्नति कार्य सुरु भएको छ ।

बसन्तपुर बजारस्थित माडी मा.वि. खेल चौरको क्षेत्रफल बढाई त्यसलाई स्तरोन्नति गर्ने उद्देश्यले मेला सञ्चालन भएकोमा त्यसबाट संकलित आय रकमबाट उद्देश्य अनुरुप काम सुरु भएको कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेले जनाउनुभयो ।

हाल चौरमा ग्राभेल भएको स्थानमा माटो फिलिङ गर्ने कार्य चलिरहेको देखिन्छ । उता, मेलाको आयव्ययको लेखापरीक्षण कार्य जारी रहेको र चैत मसान्तभित्रै सो आयव्यय विवरण सार्वजनिक गरिने कला केन्द्रका सचिव प्रदीप सापकोटाको भनाई छ । फागुन २२ गते औपचारिक समुद्घाटन भएको सो मेला चैत ३ गतेसम्म सञ्चालन भएको थियो ।
