

चितवन, माडी – माडी नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा बघौंडा अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १४३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा, भारतका प्रमुख अस्पतालहरुमा बरिष्ठ युरोलोजिष्ट (मुत्ररोग विशेषज्ञ)का रुपमा कार्यरत माडी–१ निवासी डा. देवीप्रसाद तिवारीले मुख्यतः मृगौला, प्रोस्टेट, मुत्रनली र मुत्रथैली सम्बन्धी समस्यामा परेका बिरामीलाई विशेषज्ञ परामर्श र सेवा प्रदान गर्नुभएको थियो ।
त्यस्तै, विश्वास फार्मेसी बसन्तपुरको सौजन्यमा शिविरमा निःशुल्क औषधी वितरण समेत भएको थियो । शिविरमा रेडक्रस बघौंडा र गर्दी उपशाखा, माडी जेसिज, औषधी व्यवसायी संघ, ब्लड डोनर्स सोसाइटी र चितवन उद्योग संघका माडी ईकाईहरु, गर्दी सामुदायिक पुस्तकालय, लायन्स क्लब अफ माडी ईको एवं बसन्तपु राइजिङ स्टार्स क्लब लगायतले सहकार्य वा साझेदारी गरेका थिए ।


