चितवन खबर पोष्ट

विश्व स्वास्थ्य दिवसको अवसर पारी माडीका दुई अग्रणी स्वास्थ्यकर्मीहरु सम्मानित

चितवन, माडी – विश्व स्वास्थ्य दिवसको अवसर पारी माडीका दुई अग्रणी स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।

दिवसका अवसरमा माडी-३ वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरका क्रममा डा. देवीप्रसाद (डि.पी.) तिवारी र वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपाललाई सम्मान गरिएको हो । शिविरमा उहाँद्वयले बिरामीहरुलाई विज्ञ परामर्श एवं उपचार समेत गर्नुभएको थियो ।

माडी-१ निवासी डा. तिवारीले भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युट (एम्स)बाट एम.सि.एच. गर्नुभई हाल उत्तरी भारतका विभिन्न अस्पतालहरुमा वरिष्ठ युरोलोजिष्टका रुपमा सेवा गरिआउनुभएको छ ।

त्यस्तै बरिष्ठ स्वास्थ्यकर्मी नेपालले लगातार तीन दशकदेखि माडी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै विभिन्न मेला, भेला, उत्सव र सामाजिक जमघटहरुमा डेल्थ डेस्क एवं स्वास्थ्य शिविर सञ्चालन तथा निःशुल्क औषधी वितरण गरिआउनुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार