माडी (स्थानीय) खबर पोष्ट

दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा छोटो अवधीको व्यवसायिक तालिम सञ्चालन सुरु

चितवन, माडी — माडीको हरिनगर गाउँस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा छोटो अवधीको व्यवसायिक तालिम सञ्चालन सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, मकवानपुरको स्वीकृत बजेटबाट केयर गिभर र बिल्डिङ इलेक्ट्रिसियन तालिम सञ्चालन भएको हो । ३९० घण्टे अर्थात् ६५ दिन अवधीको सो तालिममा दुईवटै समूहमा २०/२० जनाको सहभागिता रहेको छ ।

मंगलबार आयोजित उद्घाटन समारोहमा माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतोले तालिमको औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रममा शिक्षालयका प्रमुख राजन नेपालीको अध्यक्षता रहेको थियो । तालिमको उद्देश्य युवाहरूलाई दक्ष बनाउँदै स्वरोजगार बनाउनु तथा रोजगारीको अवसर सृजना गर्नु रहेको आयोजक शिक्षालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार