चितवन खबर पोष्ट

नयाँ वर्ष २०८२ को अवसरमा मौलाकालीका अस्पतालले निःशुल्क ओ.पी.डी. र सबै सेवामा छुटको व्यवस्था

चितवन, माडी – भरतपुरस्थित मौलाकालीका अस्पतालले निःशुल्क ओ.पी.डी. तथा अस्पतालका अन्य सबै सेवामा २५% सम्मको विशेष छुटको व्यवस्था गरेको छ । नयाँ वर्ष २०८२ को अवसर एवं आफ्‌नै भवनमा अस्पतालको स्थानान्तरणको सन्दर्भ पारी अस्पतालले आउँदो बैशाख १ गतेदेखि १० गतेसम्म लागू हुने छुट योजना सार्वजनिक गरेको हो ।

“स्वास्थ्य सबैभन्दा माथि” भन्ने नाराका साथ सेवाग्राहीहरूलाई लक्षित गर्दै विशेष छुट योजना सार्वजनिक गरेको अस्पतालका प्रवन्ध निर्देशक समेत रहनुभएका कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. रमेश घिमिरेले जनाउनुभयो ।

विभिन्न आधुनिक प्रविधिहरू र विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको सो अस्पतालमा सामान्य शल्यक्रिया (General Surgery), हृदय रोग (Cardiac), नाक, कान, घाँटी (ENT), रेडियोलोजी (Radiology), प्रसूति तथा स्त्रीरोग (OB/Gynae), आन्तरिक चिकित्सा (Internal Medicine), बाल चिकित्सा गहन उपचार कक्ष (PICU), नवजात शिशु गहन उपचार कक्ष (NICU), गहन उपचार कक्ष (ICU) र 4D अल्ट्रासाउन्ड सेवा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार