

चितवन, माडी — माडीका तीनजना अग्रज शिक्षकहरु शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित हुनुभएको छ ।

नयाँबर्षका अवसरमा सोमेश्वरगढीमा आयोजित शुभकामना आदानप्रदान तथा बिक्रम सम्वत्को सुरुवातस्थलका रुपमा सोमेश्वर क्षेत्रलाई चिनाउन आयोजित एक कार्यक्रमका असवरमा, हाल विभिन्न सामाजिक जिम्मेवारीमा रहनुभएका निवृत्त शिक्षकत्रयका विद्यार्थी (शिष्य)हरुले सो सम्मान गरेका हुन् ।

विशेषतः २०३९ सालमा प्रवेशिका (एस.एल.सी.) मा सहभागी भएका पूर्व विद्यार्थीहरुले गुरुत्रयलाई सम्मानपत्र र दोसल्लासहित सो सम्मान अर्पण गरेका हुन् । श्रीराम संस्था अमेरिकाका अध्यक्ष एवं धार्मिक अध्येता थलराज पन्तको अध्यक्षता र बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
