चितवन खबर पोष्ट

माडी नगरस्तरीय कक्षा ८ परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९०% पास दर कायम गर्दै अग्रस्थान

चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९० प्रतिशत पास दर कायम गर्दै माडी क्षेत्रको विद्यालयहरूमा अग्रस्थान हासिल गरेको छ ।

बरूवा बजारस्थित यस विद्यालयका ३० मध्ये २७ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । सो संस्थागत विद्यालयबाट २ जना परीक्षार्थीले ३.६–४.० ग्रेड समेत हासिल गरेको माडी नगरपालिका शिक्षा शाखाले जनाएको हो ।

त्यसैगरी, जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरले ७५.४४ प्रतिशत पास दर कायम गर्दा बाल विकास इंग्लिश स्कूलले ७३.०८ प्रतिशत र खैरहनी माध्यमिक विद्यालय, माडीले ७०.७३ प्रतिशत पास दर ल्याएका छन् ।

सोमेश्वर माध्यमिक विद्यालय, बरुवाका विद्यार्थीहरूको पास दर २४.७१ प्रतिशतमा सीमित रहँदा श्री आधारभूत विद्यालय (गोविन्दबस्ती) सबैभन्दा न्यून २२.७३ प्रतिशत पास दरमा रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार